August 6, 2021, Friday
२०७८ श्रावण २२

एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अन्तिममा आएर स्थगित गरिएको छ ।

आज ४ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठकमा एमसीसीबारे छलफल गर्ने एजेण्डा तय भएपनि अन्तिममा आएर बैठक स्थगित गरिएको हो ।

आकस्मिक काम परेकाले बैठक स्थगित गरिएको भनेर सुचना दिइएपनि बैठक स्थगित गर्नुको मुख्य कारण भने, अधिकांश सचिवालय सदस्यहरु एमसीसीको विरुद्धमा उभिनु रहेको स्रोतको दाबी छ ।

सचिवालय सदस्यहरु एमसीसी पास गर्न नहुने पक्षमा रहेपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गरेको स्रोतको दाबी छ ।

आजको सचिवालय बैठकमा एमसीसी अध्ययन समितिका सदस्य भीम रावल र प्दरीप ज्ञवालीसहित अर्थमन्त्री युवराज खतिवडालाई आमन्त्रण गरिएको थियो ।