August 6, 2021, Friday
२०७८ श्रावण २२

गृहको प्रतिवेदनः रुकुम घटनाका मूख्य योजनाकार वडाध्यक्ष

काठमाडाैं । रुकुम पश्चिमको चाैरजहारीमा ६ जनाको ज्यान जानेगरि भएको हत्यामा चाैरजहारी नगरपालिका-०८, का वडाध्यक्षको संलग्नता रहेको तथ्य बाहिरिएको छ ।

वडाध्यक्ष डम्बरबहादुर मल्लले नवराज विककी प्रेमिका भनिएकी किशोरीको घरमा आएका १८ जना युवाहरुलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला पार्दै प्रहरीलाई समेत गुमराहमा राखेको पाइएको हो । गृहमन्त्रालयले उक्त घटनाको छानविन गर्न गठन गरेको समितिले वडाध्यक्ष मल्ललाई घटनाको यजनाकारको रुपमा प्रतिवेदन तयार पारेको हो ।

गृहमन्त्रालयका सह-सचिव जितेन्द्र बस्नेत नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदनमा किशोरीको घरमा नवराज आफ्ना साथीहरु लिएर पुगेको र किशोरीको बुबाले वडाध्यक्ष मल्ललाई बोलाएपछि घटना घटेको जनाइएको छ ।

वडाध्यक्ष मल्लले ९८४८९६९७३३ नम्बरको मोबाइबाट ९८६६८६८९६८ नम्बरमा फोन गरेर मानबहादुर मल्ललाई, ९८४२३५३०२५ नम्बरमा फोन गरेर टोप बहादुर मल्लालाई अनि ९८४१५३७६७३ नम्बरमा फोन गरेर नेत्रबहादुर मल्ललाई फोन गरेर गाँउले समेत भेला पारेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मल्लले आफ्नै मोबाइलबाट प्रहरीलाई ०८८-४०११०० नम्बरमा फोन गरेर विवाद हुन लागेको भनेर सुचना दिइनि घटना भएको स्थान भने उल्टो बताएको जनाइएको छ । उनले प्रहरीलाई ऋंगेपानीमा भनेर भनेपनि गाउँलेहरुले औल जिउला भन्ने स्थानमा नवराजसहित युवाहरुलाई छेको हाल्ने युजना बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गृह मन्त्रालयले गठन गरेको समितिले प्रहरीलाई गलत सुचना दिएर ४ किलोमिटर टाढा पुगेका युवाहरुलाई पिछा गर्दै ढंगा, मुढा प्रहार गरेर हत्या योजना बनाएको उल्लेख गरिएको छ ।