August 5, 2021, Thursday
२०७८ श्रावण २२

RDT गरेर घर पठाएकी महिलामा कोरिना पुष्टि भएपछि युवा नेता किरणद्वारा सरकारको राजीनामा माग !

सुर्खेत – सिम्ता गाउँपालिका वडा नम्बर ८ स्थित २५ वर्षीय महिला झुन्डिएको अबस्थामा फेला परिन् । ऊनी परिवार सहित भारत बाट आएर १४ दिन सम्म क्वारेन्टाइनमा बसेर घर फर्किएकी थिइन् ।
असर १ गते ऊनी झुण्डिएको अबस्थामा मृत फेला परेकी थिइन् ।

सिम्ता गाउँपालिकाले आरडिटि गरेर नेगेटिभ देखिएपछि सबैलाई घर पठाएको थियो ।

मृत महिलालाई असार २ गते पोस्टमार्टमका लागि मेहेलकुना अस्पतालमा लगिएको थियो । उनको स्वाब संकलन गरेर प्रदेश अस्पताल/ पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो । उनमा असार ३ गते कोरोना संक्रमण पुष्ठि समेत भएको छ । यो सङै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुस्ठी भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

मृत्यु भएकी महिलाका माइती पक्षले घरेलु हिंसाका कारण आत्महत्या गरेको आरोप समेत लगाएका छन् , उनका परिवारले भने पटकपटक आत्महत्याको प्रयास गरेको बताएका थिए ।

मेहेलकुना अस्पतालमा रहेको उनको सब नेपाली सेनाले सेलाउने तयारी भैरहेको एक आफन्तले बताएका छन् ।

गाउँपालिकाले आरडिटि गरेर क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाइएका कारण महामारीको त्रास बढेको स्थानीय युवा रवि किरण हमालले बताएका छन् । नागरिकले सरकारलाई पटकपटक आग्रह गर्दापनी PCR चेकजाँच नगरेर घर पठाएको कारण सिम्तामा महामारी फैलिए त्यसको सम्पुर्ण जिम्मेवारी सरकारले लिनुपर्छ , यस्तो अकर्मण्य र गैरजिम्मेवार सरकारलाई सबै मिलेर सबक सिकाउनुपर्ने उनले बताएका छन् ।महिलाको सम्पर्कका आएकाहरुलाई तत्काल आइसोलेसनमा राखेर PCR चेकजाँच गर्न समेत सरकारलाई आग्रह गरेका छन् ।

सिम्ता गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार केदिको तीब्र आलोचना भैरहेको छ । स्थानीयहरुले सरकारका कारण कोरोना संक्रमणको जोखिममा बढेको आरोप लगाएकाछन् ।

केही समय अगाडि भोजभतेरमा मस्त भएको भन्दै उनको आलोचना भएको थियो ।

Rabi kiran hamal