August 5, 2021, Thursday
२०७८ श्रावण २२

स्वास्थ्य मन्त्रालयले भन्यो: पोखरामा कोरोना पोजिटिभ देखिएको छैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको वताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार अहिलेसम्म पोखरामा कोरोना भेटिएको छैन ।

‘अहिलेसम्म पोखरामा कोरोना पोजेटिभ भेटिएको छैन, नयाँ ल्याब भएकाले सुरुमा केही गडबडी हुन सक्छ’, उनले भने, ‘त्यसैले त्यहाँ गरिएको परीक्षणको पुन: परीक्षण गर्नुपर्ने हुन्छ।’