August 6, 2021, Friday
२०७८ श्रावण २२

महामारीका बेला सिम्ता गाउँपालिका अध्यक्ष द्वारा पार्टी प्रवेश कार्यक्रम आयोजना ।

२०७७/५/१६ सोमबार सुर्खेत – कोभिड-१९ महामारी नियन्त्रण बाहिर छ । दिनहु सयौंको संख्यामा नयाँ संक्रमितहरु फेला परिरहेका छन् ।

सिम्ता गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी( नेकपा)ले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सिम्ता गाउँपालिकाको केन्द्र जामुने बजारमा नेकपाले पार्टी प्रवेश कार्यक्रम राखेको थियो ।

सिम्ता गाउँपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसीले एक होटलमा पार्टी प्रवेश कार्यक्रममा आयोजना गरेका थिए । उक्त कार्यक्रममा सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य धुर्व कुमार शाही र प्रदेश सभा सदस्य ठम्मर बिस्ट पनि सहभागी थिए ।

होटेलको कोठामा मानिसहरु कोचाकोच गरेर पार्टी प्रवेश कार्यक्रम गरुएको थियो । कार्यक्रममा कुनैपनि प्रकारका स्वास्थ सुरक्षा सतर्कता अपनाइएको थिएन ।

महामारी नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी पाएका जनप्रतिनिधिहरु विषम परिस्थितिमा पनि पार्टी प्रवेश कार्यक्रम राखेर संक्रमणलाई बढाउने दिशामा जानू अत्यन्तै गैरजिम्मेवार र कुसंस्कृत राजनीतिको उपज भएको युवा नेता रवि किरण हमालले बताएका छन् ।

नेपाली काङ्ग्रेस बाट वडा सदस्य निर्वाचित आइती बादी लगाएत सोही समुदायका मानिसहरुलाई झुक्याएर पार्टी प्रवेश गराएको आरोप नेपाली काङ्ग्रेसले लगाएको छ ।

उक्त कार्यक्रममा बादी समुदायलाई झुक्याएर पार्टी प्रवेश गराएको आरोप लगाएपछि , प्रवेश गरेको भनिएकी वडा सदस्य आइती बादीले एक पत्र जारी गर्दै नेपाली काङ्ग्रेस प्रति निष्ठावान भएर लाग्ने बताएकी छिन् । उनले नेपाल कम्युनिस्ट पार्टीले झुक्याएर कार्यक्रममा लागेको समेत बताएकी छिन् ।

नेकपा समर्थित युवाहरुले वडा सदस्य आइती बादीलाई नेकपा जिल्ला कमिटी अध्यक्ष धुर्व कुमार शाहीले सदस्यता दिएको रसिद हालेका छन् ।

बादी समुदायले लकडाउनको बेला राहात नपाएको भन्दै केही महिना अगाडि गाउँपालिकाको केन्द्र घेराउ गरेका थिए ।

केही समय अगाडि गाउँपालिका अध्यक्ष केसिलाई भ्रष्टाचारको मुद्वा दर्ता भएको थिए , त्यसपछि ऊनी निरन्तर विवादमा आउने गरेका छन् ।