August 5, 2021, Thursday
२०७८ श्रावण २२

अब RDT/PCR जाँच, लकडाउन, शटडाउन र निषेधाज्ञाको नौटङ्की बन्द गरौं । डम्बर बिष्ट

२०७७/५/१७ बुधबार रुकुम पश्चिम् किन विनोद चौधरी, डा.भोला रिजाल, राधिका तामाङ, विद्यासुन्दर शाक्य, लगाएतलाई कोरोना संक्रमण भयो भनेर नामै तोकेर सार्वजनिक गरियो ? किन सर्वसाधारणको हकमा “३५ वर्षका एक पुरुषमा कोराना पुष्टि” भनेर अमुर्त कुरा गरिन्छ ? यसको सोझो अर्थ हो ठुलाबडालाई समेत कोरोना संक्रमण पुष्टि भैसक्यो र समुदाय स्तरमा व्यापक रुपमा कोरोना संक्रमण वृद्धि भैरहेको छ भन्ने कथालाई प्रमाणित गर्ने प्रयत्न गर्नु । अन्ततः जनजीवन आतंकित बनाउने र मेडिकल माफियाहरु पोस्ने WHO र विश्व बैंकको योजनालाई बैद्यता दिने । हद भैसक्यो, अब RDT/PCR जाँच, लकडाउन, शटडाउन र निषेधाज्ञाको नौटङ्की बन्द गरौं । जब औषधि बनेको छैन, बिनाकुनै उपचार १४ दिनपछि PCR रिपोर्ट पोजेटिभ भएको मान्छे स्वत निको हुन्छ, अन्य रोगबाट मर्ने मानिसहरुको सुचि गायब पारिएको छ, तान्जिनियामा फर्सी र मेवामा समेत PCR रिपोर्ट पोजेटिभ आएको छ, काठमाडौंको ढलमा समेत कोरोना भाईरस भेटिएको भनिएको छ र यो भाईरस निर्मुल हुने संभावना पनि कम छ भने यो सब किन ? सतर्कता सबै रोगबाट बच्नलाई अपनाउनुपर्छ जनतालाई आतंकित बनाएर थुन्ने र खुलेआम भ्रष्टाचार गर्ने काम बन्द गरिनुपर्छ । खुलेआम हुने भ्रष्टाचारलाई अर्को भाषामा बैधानिक डकैती पनि भनिन्छ ।