August 5, 2021, Thursday
२०७८ श्रावण २२

जनताद्वारा अस्विकृतलाई सांसद बनाउने कुचेस्टा नहोस् : नयाँ शक्ति

२०७७भाद्रा २२काठमाडौं – नयाँ शक्ति पार्टी,नेपालले सरकारले संघीयता बिरोधि विधेयकहरु ल्याइएको आरोप लगाएको छ । प्रदेश सरकारका अधिकारलाई कुण्ठित गर्ने दिशामा नजान सरकारलाई आग्रह गरेको छ ।
शोमबार एक वक्तव्य जारी गर्दै नयाँ शक्ति पार्टी, नेपालले प्रदेश सरकारका अधिकार कुण्ठित गर्ने र निर्वाचनमा जनता द्वारा अस्विकार गरिएका पात्रलाई पुनः संघीय सांसद बनाउने विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
वक्तव्यमा निर्वाचनमा जनताद्वारा अस्विकार गरिएका पात्रलाई पुनः संघय सांसद बनाउने कुचेस्टा नगर्न समेत चेतावनी दिइएको छ । 
निर्वाचन हारेकालाई रास्ट्रिय सभामा लैजानु लोकतान्त्रिक ब्यबस्था, जनताको भावना र  संघीय सांसदको गरिमालाई चोट पुग्ने नयाँ शक्तिको ठहर छ  ।