August 6, 2021, Friday
२०७८ श्रावण २२

कात्तिक १ जाजरकोट – पार्टीनेता र विद्यार्थी नेता बोहराबिच जुहारी, कारबाही गर्न माग !

सत्तारुढ नेकपा जाजरकोटका सचिवालय सदस्य तथा आर्थिक बिभाग प्रमुख कमान खड्का र अनेरास्ववियुका केन्द्रिय निर्वाचन आयोग सदस्य शेखर बोहराबिच सामाजिक संजालमै एक आपसमा दोषारोपण गर्दै दोहोरी चलेको छ । नेकपा जाजरकोटका सचिवालय सदस्य कमान खड्काले अनेरास्ववियु जाजरकोटमा केहिदिन अघिदेखी उत्पन्न असहज परिस्थितिप्रती लक्षित गर्दै बोहराले लेखेको फेसबुक स्टाटसमा दुई कौडिको हैसियत नभएको बौलाहा भन्दै निम्नस्तरको टिप्पनी गरेपछी सामाजिक संजाल फेसबुकमै दोहोरी चलेको हो । खड्काले बोहोरालाई काठमाडौका क्याम्पस हरुमा चन्दा उठाएर बस्नेहरुको कुनैखालको सामाजिक हैसियत नहुने भन्दै लज्जाजनक गालिगलौज गर्नुभएको छ ।
सङ्गठनात्मक समायोजनको प्रक्रियामा बिबाद उत्कर्षमा पुगेको बेला आफुमाथी संगिन आरोप लगाईएपछी अनेरास्ववियु केन्द्रिय निर्वाचन आयोग सदस्य शेखर बोहराले सार्वजनिक रुपमा चरीत्र हात्या गर्ने जिल्ला पार्टी सचिवालय सदस्य खड्कामाथी आवश्यक छानबिन र कारबाहीको मागसमेत गर्नुभएको छ । अनेरास्ववियु केन्द्रिय कमिटीको सर्कुलरलाई बेवास्ता गर्दै सङ्गठनको नितिभन्दा बाहिर गएर गैर बिद्यार्थीएवं ब्यापारीहरु सम्मीलित अनेरास्ववियु जाजरकोटको पुनर्गठन गरिएको भन्दै केही दिनअघि बोहोरा र साबिक अनेरास्ववियु जाजरकोटका सचिब रामचन्द्र घर्तीको नेतृत्वमा केन्द्रिय कमिटी समक्ष असहमति पत्र पेस गरिएको थियो ।