August 6, 2021, Friday
२०७८ श्रावण २२

सानीभेरीद्वारा टुहुरा बालबालिकालाई समाजिक सुरक्षा भत्ता प्रदान

बालबालिका सम्बन्धी ऎन २०४८ खारेज भई नयाँ ऐन ०७५ जारी भएतापनि नियमावली बन्न नसक्दा देशैभरीका स्थानीय तहहरु अलमलमा रहेको बेला रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले भने बालबालिकाको हक अधिकार संरक्षण र प्रबद्र्धन सम्बन्धी कार्यबिधी २०७६ जारी गरेर सामाजीक सुरक्षा भत्तासमेत प्रदान गरेको छ ।
गाउँपालिकाका विभिन्न वडामा रहेका टुहरा बालबालिकाको पहिचान गरि मासिक रु दुई हजारका दरले सामाजीक सुरक्षा भत्ता प्रदान गरिएको बताईएको छ । गाउँपालिका भित्र रहेका विभिन्न वडाका १६ जना बालबालिकालाई एक औपचारीक कार्यक्रमको आयोजना गरि आर्थीक बर्ष २०७७/०७८ अन्तर्गत तपहिलो चौमासीक रकम उपलब्ध गराईएको बालकल्याण अधिकारी मानविर ओलीले जानकारी दिनुभयो । टुहुरा बालबालिकाको सनराईज बैंकमा खाता संचालन गरि बाल अधिकार संरक्षकको रोहबरमा मंगलबार एक कार्यक्रमका बिच चेक हस्तान्तरण गरिएको बालकल्याण अधिकारी मानविर ओलीको भनाई छ ।
यस्तै सानीभेरी गाउँपालिकाले आज बालबालिकाको नियमित शिक्षा र संरक्षणको लागी परामर्श कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा टुहुरा बालबालिका, बालअधिकार संरक्षक र सरोकारवालाहरुको सहभागीता रहेको खबर प्राप्त भएको छ । सानीभेरी गाउँपालिकाका उपाध्यक्ष एवं स्थानीय बालअधिकार समितिका संयोजक ईन्दीरा ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष नरबहादुर पुनको बिशेष उपस्थिती रहेको थियो ।