September 17, 2021, Friday
२०७८ आश्विन १

रुकुमका स्थानीय तहको मनपरि/क्यानडा गएको छोराको नाममा भुक्तानीदेखि सरकारी खर्चमा पार्टीको कार्यक्रम !

सुर्खेत – गाउँका सिंहदरबार भनेर चिनिएका रुकुमका स्थानीय तहहरुले राज्यकोषको रकम मनलाग्दी दुरुपयोग गर्ने गरेको खुलासा भएको छ । रुकुमका स्थानीय तहहरुले सरकारी बजेटको रकम मिलेमतोमा ब्यक्ति बिशेषको खातामा जम्मा गर्ने, बस्तुको खरिद मुल्य अस्वभावीक देखाउने देखी आफु सम्बद्ध पार्टीका कार्यक्रमको खर्च समेत राज्यकोषबाट ब्यबस्थापन गर्ने गरेको खुलासा भएको हो ।
अनियमितताको नेतृत्व गर्दै त्रिवेणी गाउँपालिका
सरकारी रकमको दुरुपयोग गर्ने रुकुमका स्थानीय तहहरुमध्ये त्रिवेणी गाउँपालिका सबैभन्दा अग्र स्थानमा छ । गत साउनको दोस्रो सातातीर तात्कालिन प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावलले २४ लाख ९२ हजार तीन सय ७२ रुपैँयाको चेकमा हस्ताक्षर गरेपछी गाउँपालिकाका लेखापाल हेमन्त केसी र केसीका आफन्तको खातामा उक्त रकम जम्मा गरिएको थियो । केही जनप्रतिनिधि र स्थानीय बासिन्दाले उक्त हर्कतको विरोध गरेपछि उनिहरुको व्यक्तिगत खातामा राखेको पैसा फिर्ता गरिएको थियो । तत्पश्चात आर्थिक अनियमितता गर्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा छानबिन गर्न नियन्त्रणमा लिएता पनि उनिहरुलाई १ रात मात्रै प्रहरी हिरासतमा राखेर छाडिएको थियो ।

गाउँपालिका अध्यक्षले लिए क्यानडा गएका छोराको नाममा तलब भुक्तानी !
रुुुकुम पश्चिमकोो त्रिवेणि गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीले १ बर्ष अघि क्यानडा गएका छोरा सोभियत घर्तीको नाममा समेत तलब भत्ता स्वरुप रकम भुक्तानी लिएको प्रमाण खुराक अनलाइनलाई प्राप्त भएको छ । गाउँपालिका अध्यक्षमा निर्वाचीत भएपछी अध्यक्ष घर्तीले छोरा सोभियतलाई स्वकीय सचिवको रुपमा नियुक्ती दिएका थिए । पछि अध्यक्ष घर्तीका छोरा सोभियत क्यानडा गएतापनि उनले गत बर्षको आर्थीक मसान्तसम्मको तलब भत्ता भुक्तानी लिएका छन । अध्यक्ष घर्तीले आफ्नो घर हुँदाहुँदै गाउँपालिकाको खर्चमा नयाँ घर भाडामा लिएर बस्दै आएको समेत स्रोतको दाबी छ । सार्वजीक पद धारण गरेको ब्यक्ती उपभोक्ता समितिको सदस्य वा पदाधीकारी रहन नपाउने कानुनी ब्यबस्थाको उल्लंघन गर्दै अध्यक्ष घर्ती लामो समयदेखी स्थानीय स्तरमा निर्माण भैरहेको सिम्रुतुखोला रातापहर जलबिद्युत आयोजना निर्माण समितिको कोषाध्यक्ष पदसमेत ओगटेर बसेका छन । स्थानीय तहको जनप्रतिनीधीमा निर्वाचीत भएपछी जनप्रतिनिधीहरुले अस्वभाविक रुपमा धन आर्जन गरि काठमान्डौँ, दाङ लगाएतका विभिन्न स्थानमा घर घडेरी जोडेको स्थानिय बासिन्दाको आरोप छ ।
त्रिवेणीमा उपाध्यक्ष पनि कम छैनन
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा राज्यकोषको रकम दुरुपयोग गरि तडक भडक गर्ने मामलामा गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट खड्का पनि पछी परेकी छैनन । उपाध्यक्ष बिष्टले गाउँपालिका कार्यालय संगै जोडिएको आफ्नो घरलाई आफ्नै गाउँपालिका कार्यालयलाई भाडामा दिएर आफु भने १५ मिनेट टाढाको झुलनेटा बजारमा गाउँपालिकाले भाडामा लिएको अर्कै घरमा बसेपछी उनको चर्को आलोचना भएको छ । यतीमात्रै होईन उपाध्यक्ष निर्मलाले आफ्नो भाई नाता पर्ने एक युवकलाई समेत सहयोगी राखेर स्वकीय सचिवको रुपमा राज्यकोषबाटै तलब भत्ता खुवाउँदै आएकी छिन । जनताबाट चर्को कर असुल्दै आएको गाउँपालिकाले जनताबाट रकम असुलेर त्यो रकम अनियमित रुपमा टिए डिए, भत्ता र कमिसनमा खर्च गरेको स्थानीय बासिन्दाको आरोप छ ।
रुकुम पुर्वको सिस्ने गाउँपालिकाको सरकारी खर्चमा प्रचण्ड/नेपाल समुहको कार्यक्रम ?
नेपालको संविधान २०७२ जारी गर्दा भएको नयाँ सिमाङकनसंगै रुकुमबाट टुक्रिएर बनेको कान्छो जिल्ला रुकुम पुर्वको सिस्ने गाउँपालिका भने नेकपाको प्रचण्ड नेपाल समुहको पार्टीको कार्यक्रमको आयोजक बनेको छ । सहिद सप्ताहको अवसरमा नेकपा प्रचण्ड नेपाल समुहले आयोजना गरेको कार्यक्रमको ब्यानरमा दाँयातर्फ क्रमसः कम्यूनिष्ट पार्टीको हसिया हथौडा अंकित झण्डा, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको फोटो राखिएको छ भने बाँयातर्फ प्रचण्ड, माधव नेपाल र सुर्यभित्र हसिया हथौडा अंकित झण्डा राखिएको छ । शहिद परिवार सम्मान कार्यक्रम शहिद सप्ताह ०७७÷११÷१४ देखी २१ गतेसम्म लेखिएको ब्यानरमा आयोज भने सरकारी लोगो सहित सिस्ने गाउँपालिका उल्लेख गरिएको छ । पार्टीको कार्यक्रममा गाउँपालिकालाई किन आयोजक बनाउनुभएको भनेर सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराललाई प्रश्न गर्दा असहज मान्दै त्यो जिवन जि ले डिजाईन गरेको भएर यस्तो भएको हो भन्ने जवाफ फर्काईन । पार्टीको कार्यक्रमको खर्च पनि गाउँपालिकाले ब्यहोरेको हो ? भन्ने प्रश्न भुईमा खस्न नपाउँदै अध्यक्ष बरालले फोन काटेर सम्पर्क बिच्छेद गरिन । स्रोतका अनुसार उक्त कार्यक्रमको खर्च समेत गाउँपालिकाले ब्यबस्थापन गरेको थियो ।
सानीभेरी गाउँपालिकाको त्यो रागो काण्ड !
राज्यकोषमाथी जग हसाउनेगरि अनियमिता गर्ने सवालमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका पनि पछी परेको छैन । गत आर्थीक बर्षको बजेटबाट भैसि पालक किसानलाई गाउँपालिकाको अनुदान सहयोगमा वितरण गरिएको राँगोको अस्वभाविक देखिएपछी सामाजीक सञ्जालमा चर्चाको बिषय बन्यो । अन्दाजी बर्ष दिन समेत नपुगेको राँगोलाई गाउँपालिकाले ७० हजार रुपैयामा किनेको कुरा सार्वजनीक भएपछी त्यो हर्कत सामाजीक संजालमा निन्दा र उपहासको बिषय बनेको थियो । फलफुलका बेर्ना काण्ड र राँगो काण्ड सानीभेरी गाउँपालिकाका चर्चीत काण्ड हुन ।
जनताको ढाड सेक्नेगरि कर असुल्छन स्थानीय तहहरु
यसरी अपारदर्शी गतिबिधी गर्दै आएका रुकुमका स्थानीय तहहरु जनताबाट भने निकै चर्को रुपमा विभिन्न बाहानामा कर स्वरुप रकम असुल्दै आएका छन । कतीपय स्थानीय तहहरुले कुखुरा फारामबाट समेत कर असुल्ने गरेको पाईएको छ । खसि बोका, भैसी, पालन गरेवापत र विभिन्न सरकारी सुविधा लिने क्रममा जनताले महंगो शुल्क तिर्नु परिरहेको छ । नाम नखुलाउने शर्तमा एकजना स्थानीय बासिनन्दा भन्छन हामिबाट यसरि असुलेको रकम सहि ठाउँमा खर्च भएको भए कम्तीमा चित्त त बुझ्थ्यो नि ? स्थानीय, प्रदेश र संघिय सरकारले कहिल्यै हाम्रो मर्का नबुझ्ने भयो ।