September 17, 2021, Friday
२०७८ आश्विन १

आफ्नै कार्यकर्ताको महन्त ठाकुरलाई खुला पत्र !

समाजबादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं र महन्त ठाकुर ।

महन्थ ठाकुर लाई खुल्ला पत्र
आदरणीय अध्यक्ष ज्यु आराम छु यो खुल्ला पत्र मार्फत आरामै भएको कामना गर्दछु ।
तपाईं को नेतृत्व मा राजनीति यात्रा गरेको लामो समय त भएको छैन तर एक परिपक्व नेतृत्व पाउँदा मनभित्र एउटा नयाँ खालको उत्साह थपिने आसा गरेका आम कार्यकर्ता पाटी एकता देखि आज सम्म आउदा केही प्रश्न आसाङ्खा उब्जिएका छ्न ,तिनै प्रश्न आसाङ्ख हरु यो खुल्ला पत्र मार्फत तपाईं समक्ष राख्ने जमर्को गरेको छु ।
इतिहास लाई एकचोटी फर्केर हेर्दा नेपाली राजनीति वृत मा लोकतन्त्र ल्याउने फेरि घुम्ने गोलचक्कर मा ७० बर्ष गुमायौ , 2007 साल मा नागरिक को रगत पसिना बाट ल्याएको लोकतन्त्र काङ्ग्रेस नेतृत्व को असावधानी को कारण २०१७ सालमा राजा महेन्द्र ले सजिलै अपरण गरे त्यसको मार मा नागरिक ३० बर्ष पन्चायत को कालो सुरुङ मा जीवन जिउन बाद्य्य भए , लामो संघर्ष गरेर २०४६ साल मा आधा लोकतन्त्र नागरिक ले फेरि ल्याए तर काङ्ग्रेस कम्युनिस्ट को सत्ता सन्चालन मा भएको असफलता ले गणतन्त्र सङ्घिएता को लागि १० बर्ष जनयुद १९ दिने जनाअन्दोलन मधेश आन्दोलन गर्ने बाद्य्य भए , त्यसबाट पहिलो सबिधानसभा मा उत्पीडित समुदाय ले एउटा उपलब्धि सस्थागत गर्ने एतिहासिक अवसर पाएकोथियो तर तत्कालीन माओवादी र तत्कालीन मदेश केन्दृत दल को , सावाधिनिक पुर्बक एकताबद्ध पहल नगर्दा पहिलो संविधान सभा असफल भयो । स्मरण रहोस दोस्रो संविधान सभा को शक्ति संतुलन ले गर्दा दोस्रो संविधान सभा मा उत्पीडित को पक्षमा संविधान निर्माण हुन सकेन त्यसको परिणाम मदेश र थारु आन्दोलन मा धेरै ज्यान को आहुती दिन पर्‍यो , नागरिक ले बारामबार साथ दिदा नेतृत्व ले समयमा निर्णय दिन नसक्दा आन्दोलन ले बारामबार धोका खाएको इतिहास फेरि दोहोरिने हो कि भन्ने गम्भीर प्रश्न आजको जसपा र मुख्य गरि तपाईं समक्ष उभिएको छ ।
ओलि प्रबिर्ति के हो र किन फाल्न जरुरी छ ।
जङ्गबहादुर ले लिपिबद्द गरेको , राजा महेन्द्र ले प्रशासनिक पुनसर्ंरचना गरेर बलियो बनाएको नेपाल मा लामो समय राजनीतिक, सामाजिक आर्थिक , सास्कृतिक सत्ता जसले मदेशी लाई बिदेशी देख्यो , देश घाती सन्धी सम्झौता आफू गर्‍यो दोस मदेशीलाइ लगाएर चुनाव जित्यो , दलित , महिला लाई नगरिक नै मानेन , आमा को नाम मा छोराछोरी लाई नागरिकता दिदा देश बेचिन्छ भन्ने मान्यो , मधेस र थारु ले आन्दोलन गर्‍यो भने बिदेसि ले गरेको भनेर छातिमा ताकेर गोलि हान्यो ,जसले पहिचानको आन्दोलन लाई जातिबाद बिखन्डन वाद भनेर प्रचार गर्‍यो ,सङ्घिएता लाई देश टुक्राउने भन्यो , समाबेशी समानुपातिक सिदान्त लाई असक्षम मान्छे ले जागिर खाने भाडो भनेर भासण गर्‍यो मधेसि लाई नगरिकता बाट बन्चित बनायो , आफ्ना चुनाब हारेका साम्सद लाई मन्त्री बनायो अत्याधिक बहुमत ले जितेको रेशम चौधरी लाई आजिबन जेल हाल्यो , जसको शासन मा श्रीमती मारेर ४ बर्स मा फुलमाला सहित छुट्छ , मरेको गाई खाए २० बर्स जेल बस्न पर्छ , धर्म निरपेक्ष देश मा शिबरात्री मा सेना दिवस मनाइन्छ रास्ट्रपति देखि प्रधानमन्त्री सम्म ले पालै पालो शिबलिङ मा पुजा गरिन्छ , आफ्नै पाटी को बहुमत मान्दैन , कसैको सम्मान गर्नु पर्छ भन्ने ठान्दैन , बिरोध गरेको भर मा आफ्ना सहकर्मी लाई जेल हाल्छ समर्थन गरेको भरमा भ्रष्टाचारिलाइ छानबिन समिती मा राख्दछ , सम्सद मा अरुको बहुमत पुग्ने सम्भावना देखे सम्सद भङ्ग गर्छ , कानुन मान्दैन सबैधानिक अङ्ग आफ्नो कब्जा जनाउने प्रय्यत्न बारम्बार गर्छ। यी सबै प्रतिगामी हर्कत को एकमुस्ठरुप ओलि प्रवित्ति हो ,सैद्धान्तिक रुपमा भन्दा यो बिखन्डन वाद हो निरङ्कुस हो एकात्मक पुरुषबादी , एकधार्मिक नश्लिए चिन्तन मा आधारित फासिबाद हो , जसका विरुद्ध लडन निर्माण भएको पाटि जनता समाजबादी पाटी हो बहुल रास्ट्रबाद मा आधारित सहभागितामुलक लोकतन्त्र ल्याउन चाहान्छ ज स पा त्यसको नेतृत्व तपाईं महन्त ठाकुर दिनदिनै ओलि सग बालुवाटार गएर ओलि भान्सा गरेर कसरी नयाँ समाज बनाउनु हुन्छ कसरि मदेशि जनजाती थारु आन्दोलन को सस्थागत गर्नु हुन्छ यसरी सहिद को सपना पूरा हुन्छ कसरी अपुरो संविधान लाई पूरा गर्नु हुन्छ , तपाईंको अहिले चालेको कदम ले रेशम चौधरी लाई जेलमुक्त होइन हजारौ समाज मा संघर्ष गरेका रेशम हरुलाइ जेल हाल्न तल्लिन शासक सग सहबरण मात्रै हुने छ ।
त्यसैले पछिल्लो राजनीति घटना क्रम लाई हेर्दा ओलि सग सहकार्य गर्ने भनेको महेन्द्र पथ मा लगेर मधेश थारु आन्दोलन लाई बुझाउनु हो जसरी तुलसी गिरिले प्रजातन्त्र बुझाए केशरजङ ले कम्युनिस्ट आन्दोलन बुझाए प्रचण्ड ले ओलिलाइ तीन बर्ष जनयुद्ध बुझाए त्यही प्रवुति को पछिल्लो उदाहरण तपाईं बन्नु हुने छ जुन प्रवित्ति लाई इतिहास ले माफी दिएको छैन , आम कार्यकर्ता आर्श्चर्य परेका छन तपाईं लाई बि पि , मदन , बन्ने यत्रो अवसर अगाडि हुदा किन किन दिन्दिनै तुलसिगिरी बन्न बालुवाटार धाइ रहनु भएको छ , तपाईं आफ्नो इच्छा हो कि कसै को दबाब , यी तमाम प्रश्न आज मदेश मात्रै होइन कार्यकर्ता को मात्रै होइन आम नेपाली को प्रश्न हो ,त्यसैले अझै पनि समय छ तपाईंको सोचाइ बदल्नु होस अन्य दललाई संविधान सम्सोधन मा सहमत गराउनु होस प्रतिगमन विरुद्ध को सबैलाइ अभिभावक बनेर स्थानीय तह देखि केन्द्र सम्म को बलियो मोर्चा निर्माण गरेर प्रतिगामी ओलि लाई यसरि बिदा गर्नुहोस कहिलै ओलि जन्मिने प्रयत्न नगरोस अब को पुस्ताले नश्लिए चिन्तन सग लड्न नपरोस , हामिलाइ बिस्वास छ इतिहास ले दिएको यो गहन जिम्मेवारी तपाईं ले पूरा गर्नु हुने छ नत्र तपाईं को कारण ले प्रतिगामी ओलि सरकार टिक्यो भने इतिहास ले माफी दिने छैन , ।
हामिलाइ बिस्वास छ छिटै जसपा ले सहि निर्णय दिएर देशलाइ निकास दिएर इतिहास ले दिएकी जिम्मेवारी पूरा गर्ने छ ,
उहीँ तपाईंको शुभचिन्तक
नेत्र चापागाइ , कास्की जिल्ला अन्नपूर्ण गाउँ पालिका वडान ६