August 6, 2021, Friday
२०७८ श्रावण २२

उपेन्द्र महन्त सहमति: सरकारमा सहभागी नहुने, आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने ।

जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्त ठाकुरद्वारा जारी बिज्ञप्ति ।

काठमान्डौ – जनता समाजबादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्त ठाकुरबिच तत्काल सरकारमा नजाने र आफ्नो नेतृत्वमा सरकार गठनको आवश्यकता भएमा नयाँ सरकार गठनको लागि पहल गर्ने सहमति भएको छ । जनता समाजबादी पार्टी बिभाजनको डिलमा पुगेको भन्दै अड्कलबाजी शुरु भैरहेको बेला अध्यक्षद्वय उपेन्द्र यादव र महन्त ठाकुबिच आज यस्तो सहमति भएको हो । यादव र ठाकुरबिच हस्ताक्षरित संयुक्त प्रेस बिज्ञप्तिमा आफ्नो पार्टी संघियता, गणतन्त्र, समाबेशी लोकतन्त्र, धर्मनिरपेक्षता, जातिय वर्गिय, लैङ्गिक विभेद र असमानतालाई अन्त गरि समानता, स्वतन्त्रता, सामाजिक न्याय र समाजबादको लक्ष्य प्राप्तिको लागी मुलुकमा नयाँ वैकल्पिक शक्ति निर्माणको प्रक्रियामा रहेको कुरा समेत स्मरण गरिएको छ ।

पछिल्लो समयमा केही ब्यक्तिहरुले पार्टीभित्र गुट उपगुट निर्माण गरि पार्टी र त्यसको नेतृत्वप्रती भ्रम सिर्जना गर्नेगरी दिइरहेको अभिव्यक्ति प्रती समेत पार्टीको ध्यानाकर्षण भएको र यस्ता गतिविधि तुरुन्त बन्द गर्न बिज्ञप्ति मार्फत सम्बन्धित सबैमा अनुरोध समेत गरिएको छ । यस्तै उपेन्द्र र महन्तबिच पार्टी भित्रका गतिविधिहरु पार्टीको विधि, बिधान,प्रक्रिया र सङ्गठनात्मक कार्यप्रणाली अनुरुप संचालन गर्ने सहमति भएको छ । समायोजन हुन नसकेका पार्टी सङ्गठन र भातृ सङ्गठनहरुको समेत पार्टीको बिधी, पद्धति र बिधान अनुसार यथाशीघ्र समायोजन गरि चुस्त, सङ्गठित र अनुसासित पार्टी निर्माण गरिनुपर्ने बिज्ञप्ति मार्फत जनाईएको छ ।