August 5, 2021, Thursday
२०७८ श्रावण २२

क्यान्सर पिडितलाई कोरियाबाट सहयोग ।

क्यान्सर पीडित टङ्कराज र उनका अभिभावकलाई सहयोग रकम हस्तान्तरण गरिदै ।

भक्तपुर – रामेछापका क्यान्सर पिडित टंकराज सतसंखरको उपचारको लागी आर्थिक साहयता प्राप्त भएको छ । रामेछपको ‘दोरम्बा शैलुङ’ गाउँपालीका वडा नं. ६ सल्लेनीका मान कुमार सतसंखर को छोरा ७ बर्षिय छोरा टंकराज सतसंखरको उपचारको लागि कोरिया बस्दै आएका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन । ‘दोरम्बा शैलुङ’ गाउँपालीका वडा नं. ६ सल्लेनीका देव मोक्तानको पहलमा दक्षिण कोरियामा रहेका साविकको लखनपुर गाविस निवासी लगाएत अन्य दाताहरु मार्फत रएक लाख बैसट्ठी हजार अट्ठाईस रुपैयाँ सहयोग संकलन गरिएको थियो ।
संकलित रकम पीडितलाई हस्तान्तरण गरिएको छ । ७ बर्षका टंकराज घाँटीको क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसीत छन । उनको भक्तपुर क्यान्सर हस्पिटलमा उपचार भईरहेको छ । उपचार खर्च महँगो हुने र पिडितको घरको आर्थिक अवस्था कमजोर भएको हुँदा टंकराजको उपचारमा सहयोग गरिदिन देश बिदेशमा रहनुहुने सबै नेपालिमाझ पिडित परिवारले आग्रह समेत गरेको छ ।