August 5, 2021, Thursday
२०७८ श्रावण २२

अमेरिकाको NRNA चुनावमा हाबी बन्दै प्रेम र लक्ष्मणको उम्मेद्बारी ।

NRNA NCC USA को निर्वाचनमा क्यालिफोर्निया च्याप्टरलो Vice president पदका उमेद्वार प्रेम केसी ।

यहि May २९ र ३० तारिखका दिन हुन लागेको NRNA NCC USA को चुनावमा क्यालिफोर्निया च्याप्टरको Vice president पदमा उम्मेद्बारी दिएका प्रेमराज केसीले आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्नुभएको छ । आठबीसकोट नगरपालिका १० घारीखोला रुकुम पश्चिमका युवा समाजसेवी केसी विगत लामो समयदेखि संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा रहदै आउनुभएको छ । समकक्षी साथिभाईमाझ मिलनसार र अग्रजहरुको माझमा विनयशिल स्वभावका ब्यक्तित्वको छवि बनाएका प्रेम केसी अन्य उमेद्वारको तुलनामा बलियो उम्मेद्बारको रुपमा खडा हुनुभएको हो ।
अमेरिकामा रहेका गैर आवासीय नेपालीहरुको सुखदुःखमा सक्दो साथ दिदै आएका प्रेमले प्रवासमा बसेर पनि नेपालको विभिन्न स्थानका बिरामीहरुको औषधि उपचार एवं भुकम्प, बाढी पहिरो जस्ता दैवी प्रकोपका कारण घरबार विहिन भएका पिडितहरुको राहत तथा पुनस्थापनाको काममा समेत आफ्नो तर्फबाट निरन्तर सहयोग गर्दै आउनुभएको छ । यसका अलावा प्रेमले जन्मभूमिको भौतिक पुर्वाधार विकासका कामहरुमा समेत उल्लेखनीय रुपमा योगदान दिदै आउनुभएको छ ।
यसैविच युवा समाजसेवी प्रेम केसीले आठबिसकोट नगरपालिका वडा नम्बर १० घारीखोलाका युवाहरुले जनविकास माद्यामिक बिद्यालयको भौतिक पुर्वाधार विकासको लागी शुरु गरेको ‘म बनाउछु मेरो गाउँ अभियान’लाई दुई लाख २२ हजार दुई सय बाइस रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।

अमेरिकाको क्यालिफोर्निया निवासी केसीले अभियानको खातामा आफुले कवोल गरेको रकम जम्मा गर्नुभएको हो ।
‘म बनाउछु मेरो गाउ’ अभियान अन्तर्गत जनविकास माध्यामिक विद्यालयको भौतिक संरचना र शैक्षिक सुधारको काम भइरहेको छ । हाल क्यालिफोर्नियामा रहनुभएका केसी पारदर्शीता, संस्थागत सुशासन, सहकार्य, सहयोग र मानव कल्याणको प्रतिबद्वताको साथ चुनावी मैदानमा उत्रनुभएको छ ।
खोटाङका लक्ष्मण अधिकारीको पनि बलियो दाबेदारी ।

यस्तै NRNA NCC को Board of director पदमा उम्मेद्बारी दिनुभएका खोटाङका लक्ष्मण अधिकारीले पनि आफुलाई बलियो उमेद्वारको रुपमा प्रस्तुत गर्नुभएको छ । हालसम्म कुनैपनि पार्टी र समुहको झन्डा नबोकेका स्वतन्त्र युवा लक्ष्मण अधिकारीले अमेरिकामा शिक्षित,बौद्धिक र मिलनसार युवाको रुपमा आफुलाई स्थापित गराउनुभएको छ ।
बिकट पहाडी जिल्ला खोटाङ्को सधारण परिवारबाट काठमाडौ झरी RR campus बाट अङ्रेजी साहित्यमा स्नाताक र नेपाल ल क्याम्पस बाट कानुनमा स्नाताक उतिर्ण गरेका अधिकारीले  san francisco state university  बाट paralegal studies र university of pacific, Myc George Law School बाट अमेरिकन कानुनमा स्नकोत्तर उतिर्ण गरिसक्नुभएको छ ।

अमेरिकामा रहेका गैरआवासीय नेपालिहरुलाई कानुनी सहायता लगाएतका अन्य सरसहयोग गर्दै आउनुभएका लक्ष्मण अधिकारी  हाल क्यालिफोर्निया  राज्यको स्याक्रीन्टो  स्थित Aquest Law Fram मा अधिबक्ताको रुपमा कार्यरत हुनुहुन्छ ।

NRNA NCC USA को bylaws एवं 
चुनाबी पद्धतिमा सुधार गर्ने र cultural exchange program लाई नेपालामा host family बिद्यालयहरुको संलग्नतामा सफल बनाउने अभियानमा लाग्नुभएका लक्ष्मण अधिकारी  सहकार्य, सहअस्तित्व, पारदर्शिता र संस्थागत सुशासनको प्रतिबद्धताका साथ चुनाबी मैदानमा उत्रनुभएको छ ।