August 5, 2021, Thursday
२०७८ श्रावण २२

गजल !

टोपबहादुर गिरि “शिशिर”

त्रिवेणी-९ रुकुम पश्चिम
त्रिभुवन जन मा वि लुहापिङ खलंगा सल्यान
मा वि शिक्षक
गजल

खै किन बज्रन्छस दैव वारम्वार सिन्धुपाल्चोकमा !
फेरि उजाडिस कैयौको घरवार सिन्धुपाल्चोकमा !!

मेलम्ची जलले सिंहदरबारको तिर्खा मेटाउदा !
घाउमा मल्हम लगाइदे सरकार सिन्धुपाल्चोकमा !

अविरल वग्ने त्यो इन्द्रावती रिसायो किन यसरी !
झरी सग सगै उर्लियो लगातार सिन्धुपाल्चोकमा !!

भुकम्प,वाढी,पहिरोको विपत्तिले वास गरेपछी !
देखिन मानवको जीउने आधार सिन्धुपाल्चोकमा !!

धेरैका सपना वगे त्यो मेलम्ची वाढीको भेलसगै !
कठैवरा!देखियो दु:खद संसार सिन्धुपाल्चोकमा !! सिन्धुपाल्चोक लगायत देशैभर वाढी पहिरोबाट प्रभावितहरुमा समर्पित !!