September 17, 2021, Friday
२०७८ आश्विन १

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदका दुबै अधिवेसन आह्वान

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेसन आह्वान गरेकी छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेलगत्तै राष्ट्रपतिले बैशाख २६ गतेका लागि दुवै सदनको आह्वान गरेकी हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१)बमोजिम यहि बैशाख २६ गते शुक्रबारका लागि दिनको ४ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेको जनाएकी छन् ।

संवैधानिक प्रावधान अनुसार सरकारले जेठ १५ गतेसम्म बजेट ल्याउनुपर्ने हुन्छ ।