August 5, 2021, Thursday
२०७८ श्रावण २२

पर्सामा थपिए १७ कोरोना संक्रमित, दुई महिने शिशु समेत कोरोना संक्रमित

काठमाडाैं । वीरगञ्ज र पर्सा आज एकै दिन १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण हुनेहरुमा २ महिने शिशुदेखि ६६ वर्ष उमेरसम्मका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ७ महिला र १० पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । जसमध्ये ७१ जना पुरुष २८ महिला रहेको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको हो ।

प्रादेशिक रुपमा प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २४ जना, कर्णाली प्रदेशमा शून्य जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।