August 5, 2021, Thursday
२०७८ श्रावण २२

यस्तो छ भारतले नेपाली भूमी अतिक्रमण गरेर बनाएको बाटो (फोटोफिचर)

काठमाडाैं । कोरोना भाइरस (कोभिड-१९)का कारण लकडाउन भएकै बेला भारत सरकारले भने नेपाली भूमीमा बनाएको सडकको उद्घाटन गरेको छ ।

भारतको पिथाैरागढ जिल्लाको गर्वाधाराबाट सुरु भएको तिब्बतको मानसरोवर जाने बाटो नेपालको कालापानी लिपुलेक हुँदै एकपक्षीय ढंगले निर्माण गरेर उद्घाटन गरेको हो ।

शुक्रबार भारतले उद्घाटन गरेको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ । यसबारे नेपाल सरकारले विज्ञप्ति जारी गर्दै विरोध जनाइसकेको छ । यद्यपी भारतीय पक्षले भने यसबारे कुनै धारणा सार्वजनिक नगरेर नेपाली भूमीमा अतिक्रमण भने जारी राखिरहेको छ ।

फोटोः