August 5, 2021, Thursday
२०७८ श्रावण २२

नेपालमा आजै थपिए ५७ कोरोना संक्रमित, संक्रमित पुगे १९१ !

काठमाडाैं । नेपालमा आज एकै दिन ५७ जना कोरोना भाइरस (कोभिड-१९)मा संक्रमण पुष्टि भएको छ ।

नेपालका विभिन्न जिल्लामा आज ५७ जना कोरोना संक्रमित फेला परेसंगै अब नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरेर ५७ कोरोना संक्रमित फेला परेका हुन् । जसमध्ये कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भने, संक्रमित सबै पुरुषहरु रहेको जनाइएको छ ।