August 6, 2021, Friday
२०७८ श्रावण २२

अस्पतालबाट फरार कोरोना संक्रमित पक्राउ, उनीमाथि लागुऔषध मुद्दा

वीरगञ्ज । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट भागेका भागेका कोरोना संक्रमितलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार अस्पतालबाट दुई कोरोना सक्रमित भागेका थिए । उनीहरु उपचारको क्रममा रहेका थिए ।

पर्सा प्रहरीका अनुसार एकजना पक्राउ परेका हुन् । अस्पतालबाट उनी किन भागेका हुन भन्नेबारे खुलेको छैन् । पक्राउ परेका कोरोना संक्रमितमाथि लागूऔषध मुद्धा रहेको र प्रहरीले अनुसन्धार गरिरहेको छ ।

नारायणी अस्पतालबाट भागेका व्यक्तिसहित ६९ जना उपचाररत छन् । भने, अर्का फरार व्यक्ति परिचारको सम्पर्कमा रहेको जनाइएको छ ।