August 6, 2021, Friday
२०७८ श्रावण २२

पूर्वराजा ज्ञानेन्द्रले पाए सवारी पास

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले सवारी पास पाएका छन् ।

लकडाउनका कारण झापामा रहेका पूर्वराजाले काठमाडाैं फर्किन भन्दै जिल्ला प्रशासन कार्यालय झापामा इमेलमार्फत निवेदन दिएका थिए । तर, जिल्ला प्रशासन कार्यालय झापाले गृहमन्त्रालयको स्विकृति नलिइ पास दिएपछि केहिछिन मै उनको पास रद्द गरिदिएको थियो ।

तर, पुनः उनलाई पास दिलाउन प्रशासनले गृहसंग समन्वय गरेर अन्तत पास उपलब्ध गराएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृहको समहतिपछि पास उपलब्ध गराएको जनाएका छन् । भने सवारी पास पाएपछि पूर्वराजा काठमाडाैंतर्फ लागेका हुन् ।

निजी भ्रमणमा झापा पुगेका पूर्वाराजा रानी लकडाउनका कारण त्यहि रहेका थिए । भने उनीहरु आफ्ननो चियाबगानको दरबारमा रहेको जनाइएको थियो । लकडाउन कहिलेसम्म हुन्छ भन्ने यकिन नभएपछि उनीहरु काठमडाैं आउन चाहेका हुन् ।