August 6, 2021, Friday
२०७८ श्रावण २२

थपिए १७ कोरोना संक्रमित, संक्रमितको संख्या ४ सय ४४

काठमाडौं । झापा र सुनसरीमा १७ जना कोरोना संक्रमित थपिएका छन् ।

वि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा झापा र सुनसरीमा १७ कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाको क्चनकवल गाउँपालिका ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षीय पुरुहहरु हुन भने, धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरी धरान उपमहानरपालिका निवासी ५१ वर्षीय पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । योसंगै अब नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।