August 6, 2021, Friday
२०७८ श्रावण २२

थपिए ९ जना कोरोना संक्रमित, अब संक्रमितको संख्या ४ सय ५३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार फेरी ९ जना कोरोना संक्रमित थपिएका हुन् ।

झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।