August 6, 2021, Friday
२०७८ श्रावण २२

बाँके र कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ४ सय ५७

काठमाडौं । आज (बिहीबार)साँझ कोभिड –१९ को संक्रमण बाँके र कपिलवस्तुमा थप ३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज पिसिआर परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएको बताए ।

संक्रमित घोराही उपमहानगरपालिका वडा नंं ३ का ३२ वर्षीय पुरुष, खजुरा–३ निवासी ४३ वर्षीया महिला हुन् । यस्तै कपिलवस्तु सुद्धोन गाउँपालिका निवासी १९ वर्षीय पुरुषमा संक्रमण हुन । अहिलेसम्म संक्रमित ४५७ जना पुगेका छन् ।

 कोभिड –१९ को संक्रमणबाट नेपालमा आजसम्म ३ जनाको मृत्यु भएको छ ।  उनका अनुसार संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।