August 6, 2021, Friday
२०७८ श्रावण २२

थप ३२ जनामा कोरोना सक्रमण पुष्टि, संक्रमित पुगे ५ सय ४८

काठमाडाैं । शनिबार बिहान ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुनसार कपिलवस्तु, सर्लाही, बारा, काठमाडाैं, रुपन्देही र चितवनमा ३२ कोरोना संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।

शनिबार कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष र २७ वर्षीय महिला गरेर ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै कपिलवस्तुमा संक्रमितको संख्या ७७ पुगेको छ ।

यस्तै, सर्लाहीको गाेडैता र कविलासी नगरपालिकाका १८, २०, २०,२१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ वर्षीय पुरुष र ३७ वर्षीय महिलालाई संक्रमण पुष्टि भएसंगै सर्लाहीमा संक्रमितको संख्या ३३ पुगेको हो । बारा करैयामाइ गाउवपालिकाकी ३७ वर्षीय महिला र काठमडाैंका ३५ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भइको हो ।

रुपन्देहीको गैडहवा र रोहिनी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष र चितवन भरतपुर-०६ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अहिलेसम्म नेपालका ४० जिल्लामा कोरोना संक्रमण फैलिएको छ । सबैभन्दा बढि बाँकेमा ११५ संक्रमण देखिएको छ । भने, अहिलेसम्म ७० जना निको भएर घर फर्किसकेका छन् ।