August 6, 2021, Friday
२०७८ श्रावण २२

गुल्मीका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

गुल्मी । धुर्कोट गाउँपालिकाका अध्यक्षले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।

अध्यक्ष भुपाल पोखरेलले एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रमण देखिएको भन्दै आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारिन्टिनमा बसन समेत आग्रह गरेका छन् ।

जेठ १० गते गाउँपालिका भित्रका केहि जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतको कोरोना परिक्षणका निम्ति स्वाब संलकलन गरिएको थियो । ती मध्ये गाउँपालिका अ्सक्य पोखरेलको रिपोर्ट पोजेटिभ आएको हो ।

भैरहवा प्रयोगशालामा गरिको परिक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको भन्दै उनले विज्ञप्ति निकालेर जानकारी गराएका हुन् । आफू गाउँपालिकाबाहेक सदरमुकाम तम्घास मात्रै गएको समेत सनले जनाएका छन् ।

आफूलाई कोरोना पोजेटिभ देखिसंगै धुर्कोट गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको समेत उनले उल्लेख गरेका छन् । भने, गाउँपालिकाको प्राथमिक स्वास्थ्य सेवा समेत अर्को सुचना नआएसम्मलाई स्थगित भएको जनाएका छन् ।