August 5, 2021, Thursday
२०७८ श्रावण २२

संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा स्थानीयको अवरोध, प्रहरीद्वारा १२ राउण्ड हवाई फायर

रौतहट । इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको छ ।

कोरोना भाइरस २ जना संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव बढेको बढेको हो । तनाव बढेपछि त्यसलाई नियन्त्रण गर्नका लागि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ ।

दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् ।