August 6, 2021, Friday
२०७८ श्रावण २२

कोरोना संक्रमणबाट दुई वर्षीय बालिकाको मृत्यु

डडेल्धुरा । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा रहेकी दुई वर्षीया बालिकाको मृत्यु कोरोना संक्रमणका कारण भएको पुष्टि भएको छ ।

अस्पतालको आइसोलेसनमा मृत्यु भएकी बूढीगंगा नगरपालिका-०१, की दुई वर्षीय बालिकाको आइतबार मृत्यु भएको थियो ।

धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा ती बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक गुणराज अवस्थीका अनुसार बालिकाको मृत्यु कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृतक बालिकाकी २३ वर्षीय आमालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । बालिकाको बुवाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।