August 6, 2021, Friday
२०७८ श्रावण २२

ह्याम्स अस्पतालमा उपचाररत दुई बिरामीमा कोरोना संक्रमण

काठमाडाैं । ह्याम्स अस्पतालमा उपचाररत दुई बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निजी अस्पतालमा उपचाररत दुई बिरामीमा कोरोना संक्रमण पुष्षि भएको जनाएका थिए ।


अस्पताल स्रोतका अनुसार संक्रमितहरु गुल्मी र पोखराका रहेका छन् । ६० र ७६ वर्षीय बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको उपचार चलिरहेको भएपनि अब कोरोनाको उपचार गर्न सरकारले तोकेको अस्पताल लैजाने या के गर्ने भन्नेबारे छलफल चलिरहेको जनाइएको छ ।